फिल्म ‘बिजुली च्याप्टर १’ का लागि कलाकार अडिसनमार्फत छनौट गरिने

काठमाडौं- नेपाली फिल्म ‘बिजुली च्याप्टर १’ का लागि केहि कलाकार अडिसनमार्फत छनौट गरिने भएको छ ।यही कार्तिक २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरका पुरुष, ३० देखि ३५ वर्षका पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंग क्यारेक्टर छानिने छ । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भई सकेका छन् अब बाँकी कलाकार अडिसनबाट छानिने छ ।क्रियटिभ प्रोडूसर केदार भुसाल रहने यो फिल्मको छायाँकन माघबाट थालिने योजना निर्माण टिमको रहेको छ ।हरि घले लामाले छायाँकन गर्ने फिल्ममा एसोसियट निर्देशक शंकर धिताल, मुख्य सहायक निर्देशक आयुष बिसी, प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन् । विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन् ।विकास गिरीको यो डेब्यु निर्देशन हो । लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन् ।फिल्मको पोस्टर डिजाइन ट्राईडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् ।सत्य, त्रेता, द्वापर र कलियुग गरी चार युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए ।‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।