साप्ताहिक बिशेष
स्ट्यान्ड–अप कमेडी रियालिटी शो‘कमेडी च्याम्पियन’ फिल्म निर्माण गर्दै

काठमाडौं– स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले फिल्म निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओम प्रकाश अग्रवाल रहने छन् । यम थापाको कथामा यो फिल्म बन्ने भएको हो । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको छ ।थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकारहरु भने तय गरिएको छैन । फिल्मको नामका विषयमा पनि छलफल भईरहेको छ । छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ ।फिल्मको सम्पूर्ण टिम र कलाकारको बारेमा केही दिनमा अफिसियल घोषणा गरिने निर्माता अग्रवालले जानकारी दिए ।यो फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिएका छन् ।