बक्स अफिस
चलचित्र ‘महापुरूष’ को बक्स अफिस कलेक्सन ५ करोड

काठमाडौं– सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज दोस्रो साता पुगे पनि हलहरूमा भने दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ । मोफसल यात्राको प्रचारप्रसारमा निस्किएको निर्माण टिम र कलाकारहरूको टोली बुटवलबाट शुक्रबार चितवन आइपुगेको छ। देशव्यापी रुपमा प्रचारप्रसारमा निस्किएको निर्माण टिमले नेपालगञ्जका दर्शकहरुसँग बसेर फिल्म हेरेर बुटवल हुँदै शुक्रबार चितवनका दर्शकसँग प्रतिक्रिया लिइरहेको छ । आजको साता सम्म आइपुग्दा फिल्मले करिब ५ करोड कमाएको निर्देशक प्रदीप भट्टराईको दाबी छ । एकल बुबाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उत्तारचढावलाई फिल्ममा देखाइएको छ । फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।