रङ्गमञ्च

पोखरा थिएटरमा नाटक ‘एक चिहान’ मञ्चन

avatar
Cine Desk

An editor at cineSaptahik


  • November 7, 2022
  • 115 पटक पढिएको

कार्तिक २० गते आइतबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन भएको छ । यो नाटक नेपाली गरीब किसान र मजदुरहरुको जीवनकथा बोकेको यो नाटक सात्यिकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यासमा आधारित रहेको छ l वि.स. २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाई नाटक एक चिहानमा प्रस्तुत गरिएको छ ।गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको यस नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशिल सोचको परिवेश, सास्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवश्यक परेको तथ्य, रुढिबादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ । त्यसोत लेखक प्रधान नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् । उनका साहित्यको उपन्यास विधामा स्वास्नीमान्छे र एक चिहान–गरि दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यामबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथीको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरुबाट मुक्तिको मार्ग निर्देश गरेका छन् ।

उपन्यासलाई नाट्य रुपान्तरण तथा निर्देशन पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गरेका छन् । एक चिहान पाठ्यपुस्तकमा समावेश भएकोले उपन्यासको नाट्य रुपान्तरणले विद्यार्थी लाभान्वित हुने विश्वास लिएको निर्देशक परिवर्तनले बताए । नाटक मञ्चनको सम्पूर्ण तयारी पुरा भएको उनले जनाए । पोखरा थिएटरको प्रस्तुतीमा तयार पारिएको नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, पासाङ ल्हामु शर्मा, सोनिया कार्की खत्री, सन्देश कार्की, गोपाल भुषाल, दिपशना विश्वकर्मा, धनकाजी श्रेष्ठ, शुशिल बराल, सरोज तिवारी, अमृत राना मगर, अञ्जु दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।

Facebook Comments