रङ्गमञ्च

शबाना आजमी द्वारा मण्डलामा ‘मास्टरक्लास’

avatar
Cine Desk

An editor at cineSaptahik


  • November 15, 2022
  • 195 पटक पढिएको

आगामी मंसिर ९ गते काठमाडौंमा उद्घाटन हुन लागेको महोत्सवमा अतिथिको रुपमा शबाना आजमीलाई आयोजक मण्डला थिएटरले आमन्त्रण गरेको छ । भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९’ (निटफेस्ट २०२२) मा सहभागी हुन नेपाल आउने भएकी हुन् ।उनले महोत्सवको क्रममा ‘मास्टरक्लास’ पनि दिने कार्यक्रम रहेको छ ।महोत्सवकी निर्देशक सिर्जना सुब्बाले मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको हलमा आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ दिने जानकारी दिइन् । उनले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन् । आजमीले पाँच पटक उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन् । आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान समेत गरेको थियो । उनले ‘फायर’, ‘अर्थ’, ‘मासुम’, ‘नीरजा’, ‘मकडी’, ‘अमर अकबर एन्थोनी’लगायतका भारतीय फिल्ममा अभिनय गरेकी छन् ।

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका साथ थापागाउँमा अवस्थित मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश तथा विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

Facebook Comments