रङ्गमञ्च

काठमाडौंमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव प्रारम्भ

avatar
Cine Desk

An editor at cineSaptahik


  • November 25, 2022
  • 222 पटक पढिएको

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ काठमाडौंमा शुक्रवारबाट नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुरु हुँदैछ।नौ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा उद्घाटन हुने भएको छ ।महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश भएका छन्।भारतका रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु लागेको हो। त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरुमाझ सम्बोधन गर्ने भएका छन् l१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन्। महोत्सवले मङ्सिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७:३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ।महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन्।

Facebook Comments