फिचर

सामाजिक घटनामा आधारित सडक नाटक ‘सामाजिक संजाल’

avatar
Cine Desk

An editor at cineSaptahik


  • December 3, 2022
  • 247 पटक पढिएको

दर्शना स्कुलको प्रस्तुति सडक नाटक ‘सामाजिक संजाल’ कागेश्ववरी  मनोहराको विभिन्न  स्थानमा मञ्चन  गरिएको छ l समाजमा घटी रहेको घटनालाई नाटक मार्फत देखाइएको छ l जस्तै सामाजिक संजाल फेस्बुक टुइटर, इमो , टिकटक को गल्ती दुरुपयोग गर्दा के – के हानी नोक्सानी हुन्छ र सहि सदुपयोग गर्दा  के-  के फाइदा हुन्छ भनेर नाटकमा देखाएको छ l यो नाटकको लेखन तथा निर्देशक सुरेन्द्र क्षेत्री हुन भने साहयक निर्देशकको रुपमा खेम राज कोइराला रहेका छन l यस नाटकमा आईवा रावना, नुजल दाहाल , सुरज न्यौपाने , रितिक खड्का ,प्रकाश  को अभिनय रहेको छ l  यस अघि पनि दर्शना स्कुलले विद्यार्थीलाई लक्षित गरेर सडक नाटक लागुऔषध को प्रयोग नगरौ भनेर नाटक गरिसकेको छ l स्कुलले प्रत्येक  बर्ष समाजमा घटेको घटनालाई आधार बनाएर  सडक नाटक गर्ने गर्दछ l दर्शना स्कुलले आफ्नो विद्यार्थीहरुलाई  पढाईमा मात्रै सिमित राख्दैन विभिन्न क्रियाकलापहरुमा सहभागी गराउनको साथ – साथै  विद्यार्थीहरुको आत्मबिस्वसलाई बढाउने, समाजको अगाडि के सहि हो र के गल्त हो भनेर चिन्न सिकाउने कसैले गल्ती गरेको छ भने आवाज उठाउन सिकाउने आदि जस्ता  क्रियाकलापमा सहभागी गराएर विद्यार्थीहरुलाई चेतना बनाउने काम पनि दर्शना स्कुलले गर्दै आइरहेको छ ।

Facebook Comments