आरोहण गुरुकुलमा नाटक ‘गच्छामी’

थियटर हल छिर्न नपाउदै ढोका मै लस्करै भिक्षुको भेषमा दरवारिया बडीगार्ड जस्ता देखिने केहि युवाहरुले टिकट प्याट्ट प्वाल पार्दै दर्शकलाई हल भित्र पठाउछन l भित्र पस्दा अध्यारो हलमा दर्शकको गाई गुइ खस्याक खुसुक चलिरहेको हुन्छ l मन्चमा मधुरो प्रकाश मुनि एक जना केटा र एक जना केटी उमेरले १८/२० बर्ष देखिने पल्टिरहेका हुन्छन l झट्ट देख्दा गर्लफ्रेन्ड ब्वाईफ्रेन्ड जस्तो देखिने केटा कहिले उठेर नजिकै भएको ल्यापटप चलाउछ कहिले फेरी भुइमा पल्टिन्छ केटी कानमा इयरफोन राखेर सुतेकीहुन्छे र छेउमा कपि, पुस्तक छरिएको हुन्छ l केहि छिन पछी वाहिर कतै ट्वांग ट्वांग ट्वांग घन्टी बज्छ l हल भित्र दर्शक एरियाको प्रकाश झ्याप्प वन्द हुन्छ l लगतै दर्शक वसेको पछाडी भागबाट कोही मोबाइलमा बोल्दै अँ अँ म अहिले नाटकमा छु पछी कुरा गरौला ..अँ अँ हत्तेरी कुरा बुझन अहिले ५ बज्यो नाटक शुरु हुने वेला भयो भन्दै मन्चमा प्रवेश गर्छ अझै फोन मै झुण्डिएर तिमिलाई थाहा छ त नाटक अवधिभर फोन स्विचअफ वा साइलेन्ट मोडमा राख्नु पर्छ, फ्लास प्रयोग नगरिकन फोटो खिच्न पाइन्छ, भिडियो खिच्न पाईदैन, कुरा गर्न पाइदैन हास्न पाइन्छ रुन पाइन्छ तर,खाने कुरा खान पाइदैन ल ल फोन राखे भनि मोबाइलको स्विच अफ गर्छ र दर्शक तर्फ हेर्दै भन्छ दर्शकवृन्द यी सबै कुरा तपाइँलाई थाहै छ l स्वागत छ आरोहण गुरुकुलमा आज हामी तेस्रो दिन मन्चन गर्दैछौ भनि प्रारम्भका केहि कुराहरु राख्छन l कुरा सके लगतै ढिकचिक ढिकचिक म्युजिक बज्न थाल्छ सोहि तालमा जोशिलो डान्सको स्टेपहरु शुरु गर्छ एकछिन दर्शकहरुको ताली र स्वी स्वी सिटी बच्छ म्युजिक सकिएपछी भुइँमा पल्टेर ढलेका दुई जना केटाकेटी माथिबाट जम्प गरेर उ पहिला आएको ठाउँबाट बाहिरिन्छ l उ अरु कोही नभएर नाटक भित्र कै सह निर्देशक वीरेन्द्र हमाल हुन्छन l त्यसपछी नाटकको पहिलो दृश्य शुरु हुन्छ केटा जुरुक्क उठेर हतार हतार ल्यापटप खोलेर अन गरी केहि खोजि रहेको हुन्छ केहि छिनपछी आँखा मिच्दै केटी पनि उठ्छे रातिको २ बजेको हुन्छ ती केटाकेटी एउतै घरको दाई र वहिनी सम्भवत: संगै पढ्ने विद्यार्थी हुन्छन बुद्दको जीवनीमा आधारित प्रोजेक्ट वर्कको लागी रिसर्च गरिरहेका हुन्छन l दुवै जना नाटकमा शुत्रधारको भूमिका निभाउदै कथालाई अगाडी बढाउछन l बाँकि कथा बुझ्नलाई नाटक नै अवलोकन गर्नु पर्ने हुन्छ l

युवराज सिद्धार्थ र राजा सुद्धोदन रहेको दरवारको फिक्स सेट अत्यन्तै कलात्मक तरिकाले निर्माण गरिएको छ l प्रत्येक दृश्यको प्रकाश सेटिंगको काम दृश्यको समय परिस्तिथि र मुड अनुसार डिजाइन गरिएकोले दर्शकको मनलाई लोभ्याउछ l प्रकाश इफेक्टमा हस्तमुद्राको छायाँ, बबलका उडिरहेका फोकाहरु,फगको धुवाले दृश्यहरु लाई अझ सुनमा सुगन्ध थपेको छ दृश्य सिक्वैन्स चलिरहदा प्रकाश परिचालन पनि स्मुथ रुपमा चलिरहेको हुन्छ l
ग्रुप कोरियोग्राफ सुन्दररुपले प्रस्तुत गरिएको छ l एक्कै पटक पात्रहरु मन्चमा प्रवेश गर्दा सुन्दर दृश्य देख्न पाइन्छ l पात्रका कस्ट्युम, प्रप्सहरुले शाक्यमुनिको समय अवस्थालाई छर्लंग झल्काउछ l कलाकारहरुले आफ्नो चरित्रमा भरपुर न्याय दिने कोसिस गरेका छन् अभिनय औसतमा ठिकै रहेको छ l तर कहिँ कतै पात्र छनोटको हिसाबले केहि कलकारलाई सम्बन्धित पात्र महसुस गराउन गाह्रो भएको जस्तो देखिन्छ l सबै पात्रहरु उमेरको हिसाबले एकै नासे देखिएता पनि नाटकको अन्त्य सम्म कहिँ कतै फिक्का, बोरिंग महसुस हुदैन l
नाटकको विचमा नेरेसन आउछ जसमा स्वरांकन नाटक निर्देशक शुनिल पोख्रेल र सह निर्देशक विरेन्द्र हमालको हुन्छ जसले नाटकलाई थप स्तरीय लेभलमा पुर्याइदिन्छ l अन्त्यमा बुद्धत्व प्राप्ति पश्चात गौतम बुद्ध भिक्षुको भेषमा दरवार फर्किन्छन नाटक सकिन्छ l
नाटकको नाम हो ‘गच्छामी’ अवधि १ घण्टा १० मिनेट रहेको छ l नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा निर्माणमा नाटक ‘गच्छामि’ को मञ्चन भइरहेको छ । प्राज्ञ तथा नाटक विभाग प्रमुख निशा शर्माको संयोजन, वरिष्ठ नाटक निर्देशक शुनिल पोखरेलको परिकल्पना तथा निर्देशन तथा वरिष्ठ रङ्गकर्मी बिरेन्द्र हमालको सहनिर्देशनमा तयार भएको नाटक काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटरमा पुष १२ गते देखि मन्चन भैरहेको छ ।२३ गते सम्म मन्चन हुने यस नाटकका कलाकारहरुमा सुनिशा बजगाई, राज न्यौपाने, सुवास तिमल्सिना, राजेन्द्र कट्टेल सौजन लिम्बू, मोहन राई, प्रतिज्ञा भण्डारी, केशव शाही, प्रकाश थापा, आशिष घिमिरे, एलिजा तुम्बापो, विश्वास मानन्धर, यश राज बोगटी, माधव भुर्तेल, दीपेन्द्र देभ, ज्योति खड्का ,मोहनलाल चापागाईं, जस्टिन बोगटी, अनिश विमली, आकांक्षा के सी, जमिन राज थला, पुजा तिवारी र समिर राई रहेका छन् l
