फिचर

चलचित्र ‘रकम’ को गित सार्वजनिक

avatar
Cine Desk

An editor at cineSaptahik


  • March 6, 2023
  • 491 पटक पढिएको

काठमाडौँ l नवनिर्मित नेपाली कथानक चलचित्र ‘रकम’ को निर्माण पक्षले मनैको आँखी झ्याल बोलको गित सार्वजनिक गरेको छ l जयन जे वाइवा र हृतिका श्रेष्ठ को स्वर रहेको उक्त गीतको भिडियोमा नायक संजय गौतम र नायिका मेलिना सुबेदी ले नृत्य, अभिनय गरेका छन l भिडियोमा संजय र मेलिनाको रोमान्टिक मुड झल्किएको छ भने अन्तमा केहि सस्पेन्स छोडेर निर्देशकले गीतलाई अन्त्य गरेका छन् l ओएसआर डिजिटल युट्युब च्यानेलबाट सार्वजनिक गरेको उक्त भिडियो लाई शेर शाही ले निर्देशन गरका छन् भने कोरियोग्राफी स्वजन रघुबंशी को रहेको छ l सिनेमाटोग्राफरको रुपमा क्राइसिस ज्याक रहेका छन् भने सम्पादन मिलन बिक्रम शाह को रहेको छ l यस चलचित्रका निर्माताका रुपमा रोशन तण्डुकार रहेका छन् l

टि आर फिल्मस को व्यानरमा निर्माण हुन लागेको चलचित्र रकम को छायांकन कार्य समाप्त भइ पोस्ट प्रोडक्सनको काम भैरहेको निर्माण पक्षले जानकारी दिएको छ l चलचित्रमा कलाकारको रुपमा संजय गौतम, मेलिना सुबेदी, त्रिविक्रम सिंह राणा, पुस्कर दाहाल, सुहभ तिमिल्सिना, विजय बिष्फोट, कृष्ण भक्त महर्जन रमेश बज्राचार्य रहेका छन् l चलचित्रलाई आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी भैरहेको तर प्रदर्शन मिति भने नतोकिएको निर्माता तण्डुकार ले बताएका छन् l

Facebook Comments