चलचित्र ‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक

बुधबार ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रले महिलाको संवेदना, कोमलता, इच्छा र करुणालाई मुख्य विषयवस्तु बनाएको पोस्टरले देखाएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्ममा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतको अभिनय रहेको छ । चारजना नारी पात्रको कथालाई उठान गरेको फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् । ए फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ । जाटवेद बनर्जीको गीतमा संगीत रहेको यस फिल्मको कार्यकारी निर्माता नविन भट्ट हुन् । एथोलजी विधामा बनेको फिल्ममा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको निर्देशक पाण्डेले बताएका छन । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।