ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित

लस एन्जलिसको डल्बी थिएटरमा सोमबार विश्वको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड कार्यक्रम सम्पन्न भयो l ९५औं संस्करणमा अमेरिकी कमेडी-ड्रामा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको छ । सोमबार बिहान भएको अवार्ड कार्यक्रममा यो फिल्मले उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सह-अभिनेता र उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड पनि जित्न सफल भयो ।
त्यस्तै, एडवर्ड बर्गरद्वारा निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म बनेको छ । साथै, यो फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी, ओरिजिनल स्कोर र प्रोडक्सन डिजाइनको अवार्ड पनि प्राप्त गरेको छ । ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड भने एसएस राजामौली निर्देशित ब्लकबस्टर साउथ इन्डियन फिल्म ‘आरआरआर’मा समावेश गीत ‘नाटू नाटू’ले जित्न सफल भयो ।
ओस्कार अवार्ड विजेताको सूचि :
अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)
उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)
उत्कृष्ट अभिनेत्री : मिसेल योह
उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान
उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस
एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो
उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
ओरिजिनल सङ : नाटु नाटु (आरआरआर)
साउन्ड : टप गन : मेभरिक
प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर
फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ
ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर
हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल
डकुमेन्ट्री फिचर : नाभल्नी
डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स
सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स
सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ