म्युजिकल फिल्म ‘हत्या हिंसा’ सार्वजनिक

काठमाडौँ , नयाँ नेपाली म्युजिकल फिल्म हत्या हिंसा शुक्रवार मानशी किरण युट्युब च्यानेलबाट सार्वजनिक गरिएको छ l स्वर्गीय हरिशरण डोटेल को शब्द रचना तथा सुजन मल्ल र मानशी किरण द्वयको संगीत रहेको ‘हत्या हिँसा’ गितमा मानशी किरणको स्वर रहेको छ l रक जनारामा तयार गरिएको गीतलाई म्युजिकल फिल्मको रुप भने निर्देशक शेर शाही ले दिएका छन् l हत्या र बलात्कार जस्ता घटनालाई आधार बनाएर कथा वस्तु तयार पारिएको उक्त सांगीतिक चलचित्रलाई एम के प्रोडक्सनले निर्माण गरेको छ l पोस्ट प्रोडक्सनको काम भने फाइनल पिक्जेल कम्पनिले गरेको छ l यस म्युजिक फिल्ममा अभिनय मानशी किरण, शेर शाही, सुस्मिता भण्डारी, गङ्गा गजमेर, सुरेश थापा, रेशम भण्डारी,बुद्दि गडाल, श्री कृष्ण शाही , नारायण बि क, रोशन तन्डुकार, सुशील प्रसाद ढकाल, आयुष जी मगर को रहेको छ l कलाकार छनोटमा सुरेन्द्र के सी रहेका छन् भने उक्त म्युजिक फिल्मको छायांकन क्राइसिस ज्याकले गरेका छन् l