फिचर

लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा नेपाली चलचित्रको प्रिमियर

avatar
Cine Desk

An editor at cineSaptahik


  • May 24, 2023
  • 331 पटक पढिएको

काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतको लन्डनमा हुने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म सेप्टेम्बर १० मा लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमिएर गरिने निर्माण युनिटले जानकारी दिएको छ । दुई हजार दर्शकलाई ‘गोर्खा वारियर’ देखाईने प्रिमियरमा शो मा निर्माता एवं निर्देशक मिलन चाम्सले बताएका छन् । ‘नेपाली फिल्मलाई विश्वब्यापी बजारमा पु¥याउने नेपालीहरुले देखेको सपनालाई ‘गोर्खा वारियर’ मार्फत साकार हुने चाम्सले बताएका छन् । चाम्सका अनुसार फिल्मको प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघसंस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा लाने चाम्सको भनाई छ । उनले भने, ‘यो नेपाली चलचित्र उधोगकै लागि गौरवको कुरा हो । अर्को तर्फ अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पु¥याउनका लागि यो अन्तर्राष्ट्रिय स्तरकै उपयुक्त विषयबस्तु भएकाले पनि हामीले यो साहस गरेका हौं ।’ हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका फिल्म पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमियर हुन्छ ।

सन् १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई यो फिल्ममा उतारिएको छ । गोर्खा वारियर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दैछ । यसको हिन्दी र अंग्रेजी संस्करण पनि अन्तिम तयारी अवस्थामा छ ।  ‘एक्सन ’ जनरामा निर्माण भएको यो फिल्ममा रितेश चाम्स, बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिचलचित्रका निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् ।

Facebook Comments