फिचर

डा. दलिपकुमार मल्लको अप्सरा भाग २ सार्वजनिक

avatar
Cine Desk

An editor at cineSaptahik


  • October 20, 2023
  • 427 पटक पढिएको

गितकार तथा साहित्यकार डा. दलिपकुमार मल्ल द्धारा लिखित तथा प्रकाशनमा भएको गिति एल्वम अप्सरा भाग २ आज महाराजगंज स्थित आफ्नै सचिवालयबाट सार्वजनिक गरिएको छ । विमोचन समारोहमा उक्त एल्बम भूपू स्थानिय राज्यमन्त्री कुन्ती कुमारी शाहीबाट भएको थियो । आजको यस कार्यक्रममा विशिष्ट क्षेत्रमा विज्ञता प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने विमोचन उहाँहरुको उपस्थिीतीमा नै विमोचन गरिएको थियो । यस कायक्रमको सभापतित्व डा. दलिपकुमार मल्लले गर्नु भएको थियो भने प्रमुख अतिथिमा भूपू स्थानिय राज्यमन्त्री कुन्तीकुमारी शाही, अतिथिमा समाजसेवि सावित्री मल्ल र यस गिती एल्वमका संगितकार लक्षुप्रकाश मल्ल थिए । यस एल्वममा संगित संयोजन लक्षुप्रकाश मल्लले गरेका छन भने गायनमा ख्याती प्राप्त कलाकारहरु राजेश पाएल राई, निशा देशार, अनु चौधरी र लक्षुप्रकाश मल्लको आवाज रहेको छ । यसमा गितमा चारवटा गित समावेस गरिएका छन् । गीतको बोलमा ‘तिमी केवल साथ देऊ, रात ढल्दैछ, प्रेम कैदी हु म, मलामाी बनेर नआऊ तिमी’ रहेका छन् l कार्यक्रमको प्रस्तुती रुक्मा शाहीले गर्नु भएको थियो उहाँको मुधर वाणी र विभिन्न विद्धानका कथनले कार्यक्रम संचालिकाले सभाहल मन्त्रमुग्ध भएको थियो भने स्वागत मन्तव्य मार्फत शेर शाहीले सचिवालयको संक्षिप्त जानकारी दिएका थिए ।

लक्षु प्रकाश मल्लले ‘मलामी बनेर’ भन्ने गित संगै अन्य एल्वमका गित गाएर कार्यक्रमलाई थप उत्साहजनक माहोल सिर्जना गरेका थिए साथै गायक तथा टेलिभिजन कार्यक्रम संचालक केशर विष्टले पुराना गित गाएर साथ् दिएका थिए l गितका मुधर शव्द, स्वर र संगितले कार्यक्रम संगितमय बनेको थियो l त्यस्तैगरी कथ्थक नृत्यागंना मिशा शाहबाट एल्वम अप्सरा भाग २ को गित ‘प्रेम कैदी हु म’ बोलको गीतमा शास्त्रिय नृत्य प्रस्तुत भएको थियो जसले कार्यक्रमलाई थप रोचक बनाएको थियो । शुभकामना मन्तव्यमा सावित्री मल्लबाट यो एल्वमको सफलताको कामना गर्नु भएको थियो । यस कार्यक्रमकी प्रमुख अतिथि राज्यमन्त्री कुन्तीशाहीले हरेक जिवनमा संगितको महत्व छ । हरेक क्षेत्रमा संगितले आनन्दमय प्रदान गर्दछ । उहाँले गित संगितको महत्व सँगै अहिलेको देश परिवेशको सामाजिक, आर्थिक र जातिय अवस्थाको बारेमा चर्चा गर्नु भएको थियो । यस कार्यक्रमका सभापति तथा गितकार डा. दलिपकुमार मल्लबाट यसको गिति लेखन संगै संगित भर्दा गरिएका प्रयासहरु र यो एल्वम निकाल्न लागेको समय र यसका शव्दको यर्थाथता चित्रण गर्नु भएको थियो र आजको आवश्यकतामा सामाजिक आर्थिक र राजैनितक क्षेत्रमा हामी सबैमा व्यक्तितव विकास हो । व्यक्तित्व विकासमा ज्ञानको विकास हो । मानसिक विकास हो । जब मानिसको व्यक्तित्व विकास गरिन्छ । तव मात्र समाजमा सभ्यता र संस्कारका विकास हुन्छ । अब हामी सामाजिक, सांस्कृतिक विकासमा हामीले आफ्नो नैतिक विकास र हाम्रो सोच र मनोवृत्तिमा परिर्वतन गर्नुपर्दछ भन्दै आजको यो कार्यक्रमको समापन गर्नु भएको थियो । यो एल्वम दलिपकुमार मल्लको आफ्नै युट्युव च्यानल डा. दलिपमा हेर्न सकिने छ ।

Facebook Comments