‘कसरी भनु तिमिलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – ‘कसरी भनु तिमिलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिकगरिएकोछ। रोमान्टिक जनराको सो गीत शुक्रबार आदर्श प्रोडक्सनको आफ्नै युट्युब च्यानेल मार्फत सार्वजनिक गरिएको छ l प्रविसा अधिकारीको स्वर, राकेश शाहको शब्द र राम कार्कीको संगीत रहेको उक्त गितको म्युजिक भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली र दिपक लामाको अभिनय रहेको छ l एउटी प्रेमिकाले आफ्नो प्रेमको भावना गीतको माध्यमबाट व्यक्त गरेकी छन् l प्रेमीलाई पहिलो र अन्तिम मायाका रुपमा अंगालेर चोखो माया व्यक्त गरेको पाइन्छ l मायाको सपना र कल्पनामा डुबुल्की मार्दै जिन्दगिमा सजाउने अठोट गरेको गीतको बोलमा पाइन्छ l आदर्श प्रोडक्सनको प्रस्तुति रहेको उक्त भिडियोलाइ रबिन शाहले निर्देशन गरेका छन lत्यस्तै गरी सुबाश देवकोटाले सम्पादन गरेका छन भने प्रविन ढकाल ले कलर र भीएफएक्स र क्रियटिभ निर्देशक को रुपमा सत्यम राना रहेका छन् l भिडियोमा मेह्फुज अन्सारीको छायांकन देख्न सकिन्छ भने निर्माताका रुपमा राकेश शाह रहेका छन l