फिचर

चलचित्र ‘रकम’ ले सार्वजनिक गर्यो आधिकारिक पोस्टर   

avatar
Cine Desk

An editor at cineSaptahik


  • February 24, 2024
  • 372 पटक पढिएको

काठमाडौँ l नवनिर्मित नेपाली कथानक चलचित्र ‘रकम’ को निर्माण पक्षले आधिकारिक पोस्टर  सार्वजनिक गरि प्रचार प्रसारको कार्य थालनी गरेको छ l पोस्टरमा बोल्ड अवतारको रुपमा कलाकार संजय गौतम र मेलिना सुवेदी लाइ देख्न सकिन्छ l अन्य कलाकारहरुलाइ लाइनवद्द सस्पेन्स तरिकाले प्रस्तुत गरिएको छ l सोसल ड्रामा जनरामा आधारित उक्त फिल्म टि आर फिल्मसको व्यानर संगै  डिप्लो ड्रामा स्कुल र सिजे फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको छ l चलचित्र रकमको छायांकन कार्य समाप्त भइ हाल पोस्ट प्रोडक्सनको काम धमाधम भैरहेको निर्देशकले जानकारी दिएका छन l चलचित्रमा कलाकारको रुपमा संजय गौतम, मेलिना सुबेदी, त्रिविक्रम सिंह राणा, पुस्कर दाहाल, विजय बिष्फोट,  कृष्ण भक्त महर्जन,दिपक जिसी, सुहभ तिमिल्सिना, रमेश बज्राचार्य, नारायण बि क, रहेका छन भने चलचित्रका लेखक र निर्देशक को काम  शेर शाही ले गरेका छन् l त्यस्तै गरी सिनेमाटोग्राफरको रुपमा क्राइसिस ज्याक रहेका छन् l यस चलचित्रका मुख्य निर्माताका रुपमा गीता ज्ञावली र कार्यकारी निर्माताका रुपमा रोशन तण्डुकार रहेका छन् l शिवरात्रि लाइ लक्षित गरी फिल्म को ट्रेलर सार्वजनिक गर्ने र चलचित्रलाई आगामी नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा ल्याउने तयारी भैरहेको निर्माण पक्षले बताएको छ l

Facebook Comments