फिल्म ‘छक्का पञ्जा ५को गित आलोचित

फिल्म ‘छक्का पञ्जा ५’ दशैंको फूलपाती (असोज २४ गते)देखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनका लागि निर्माण टिमले फिल्मको गीत सार्वजनिक गरेको छ । ‘बिहे भाको छैन’ बोलको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ भने दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ ।यति बेला गितको रिलिज संगसंगै गितले आलोचना पनि खेप्नु परेको छ l विभिन्न सामाजिक संजालमा अहिले गितको शब्दलाइ लिएर टिका टिप्पणी भैरहेका छन् l यसै क्रममा गीतकार डा दलिप कुमार मल्लले आफ्नो फेसबुक स्टाटसमा लेख्दै गितले समाजमा राम्रो संदेश नदिने विचार व्यक्त गरेका छन् l एउटा परिपक्क कलाकारले चलचित्र निर्माण गर्दा होस् या गित लेख्दा भावी पुस्तालाइ मध्यनजर गरेर लेख्नुपर्छ , आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि सामाजिक विकृति फैलाउने काम गर्नु हुदैन l डा मल्लको फेसबुक स्टाटस जस्ताको तस्तै

दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा निर्मल शर्मा, तेज गिरीसहित अभिनेता आचार्य सिग्देल केमियो भूमिकामा छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।