फिचर

फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक

avatar
Cine Desk

An editor at cineSaptahik


  • August 19, 2024
  • 262 पटक पढिएको

काठमाडौँ, भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक करिब ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ। बलात्कारजस्तो जघन्य अपराधको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको छ ।

सञ्जोग राईको निर्देशनमा बनेको फिल्ममा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्का लगायतको पनि अभिनय छ । गौरव प्रहरीको भूमिकामा छन् । जोएल फ्रोमको छायांकन रहेको फिल्मको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्ममा सन्जेन थापाको द्वन्द्व छ । एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मससँग सहकार्य गरेको फिल्ममा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा छन् भने जावेद खान कार्यकारी निर्माता हुन् । त्यस्तै, सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा छन् । बाँसुरी फिल्म्सका अध्यक्ष तथा निर्देशक रामबाबु गुरुङले ‘देवी’ जस्तो फिल्ममा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

Facebook Comments