‘कहाँ ठग्यो भाग्यले’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ : रे अफ आर्ट्को प्रेस्तुती रहेको ‘कहाँ ठग्यो भाग्यले’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । ओ एस आर युट्युब च्यानेल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा राजेन्द्र वाग्ले, मन्जु गिरिको अभिनय रहेको छ भने राज के सीको निर्देशन रहेको छ l गितकार बिदुर गौतमद्वारा लेखिएको गितलाइ सन्तोष श्रेष्ठले संगीत दिनुभएको छ भने स्वरांकन नेपाल आइडल बिजेता करण परियारले गर्नुभएको छ l गितको एरेंज्मेंट राजु कार्कीको रहेको छ l एउटा पात्रलाइ भाग्यले ठगे पछिको पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ l परिवार बिना एक्लै रहदा छटपटाएको अवस्था, श्रीमतीको निधन पश्चात श्रीमानको एक्लो महसुस, आफन्त साथीभाईले साथ् छोडेको स्थितिलाइ म्युजिक भिडियोमा देखाइएको छ । कलाकार राजेन्द्र वाग्ले र मन्जु गिरिको अभिनयले कथालाई सशक्त र जीवन्त बनाएको छ l यस सांगीतिक चलचित्रमा प्रोडक्सन मेनेजर रमेश शाही, छायांकन अभय चौधरी, पोस्ट प्रोडक्सन रे अफ आर्ट, सम्पादन तथा भीएफएक्स शेर शाहीको रहेको छ l गित एक्स्टिक स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको थियो l