सिने खबर

पुस १५ देखि फिल्म ‘चि मुसी चि’ प्रदर्शनमा

avatar
Cine Desk

An editor at cineSaptahik


  • November 4, 2022
  • 99 पटक पढिएको

काठमाडौं– नेपाली फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङगिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।निर्माण टिमका अनुसार यो फिल्म आगामी पुस १५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको थ्रिलर जनराको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।यो फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताए ।फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । यो फिल्ममा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

Facebook Comments