संगीत

काठमान्डौ पशुपतिमा आज दक्षिण भारतका कलाकारहरुको प्रस्तुति

avatar
Cine Desk

An editor at cineSaptahik


  • November 5, 2022
  • 280 पटक पढिएको

‘राष्ट्रिय एकता परिषद’ को एक धार्मिक अंगको रुपमा सक्रिय ‘ओमकार महाअभियान’ र श्री पशुपतिनाथ मन्दिरका प्रधान अर्चक एवं मुल भट्ट रावल गणेश भट्ट को निमन्त्रणामा आज भरत नाट्य संस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ l कार्यक्रममा विश्व प्रसिद्द कलाकारहरु दक्षिण भारतको कर्नाटका राज्यको मैसुरबाट निमन्त्रित गरिएको छ l कार्यक्रम काठमाडौँ पशुपतिनाथ मन्दिरको प्रांगणमा आज कार्तिक १९ का दिन पारी ५ बजे शुरु हुने आयोजक समितिले बताएको छ l कार्यक्रममा भरत नाट्यम विधाका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ l कलाकारहरुमा विदुषी विजया मरुथी, विदुषी भूमिका पी भट्ट,विदुषी सर्मदा एस कुडूभल्ली, विदुषी अर्चना एनएन, विदुषी राजालक्ष्मी केएस  रहेका छन् l ओमकार महाअभियानका अध्यक्ष दिनेश कुमार सिजापति को संगठन टोलीले कलाकारहरुलाई हिजो त्रिभुवन विमान स्थलमा स्वागत गरेको थियो l

Facebook Comments